कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो एक वर्षे कार्यकालमा कार्य सम्पादन गरेका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्नुभएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै उहाँले उपलब्धि सार्वजनिक गर्नुभएको हो।
०८० चैत्र २७ गते नेकपा (माओवादी केन्द्र) को समर्थनमा मुख्यमन्त्री बन्नुभएको थिए । अहिले उहाँलाई कांग्रेसको समर्थन छ भने माओवादी प्रतिपक्षमा छ ।
कँडेलले कार्यभार सम्हालेदेखि नै उपलब्ध संरचना, प्रणाली र जनशक्तिलाई प्रभावकारी रुपमा संयोजन गरेर कर्णालीवासीको विकास, सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने दिशामा सबै सरोकार पक्षसँग सहकार्य गर्दै अगाडि बढेको बताउनुभयो ।
‘नयाँ नयाँ कार्यक्रम ल्याइने तर पूरा नहुने समस्यालाई सूक्ष्म विश्लेषण गर्दै प्रदेश सरकारबाट विगतमा सुरुवात गरिएका महत्त्वपूर्ण र रणनीतिक कार्यक्रमलाई आवश्यक सुधारसहित नतिजामूलक ढङ्गबाट कार्यान्वयन गर्न जोड दिएको छु,’ उहाँले भन्नभयो ।
