जाजरकोटमा बस दुर्घटना : ५ को मृत्यु ,२७ घाइते


जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । भेरी नगरपालिका कुदु बराहचौकनजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

जरकोटका प्रहरी डीएसपी मधुकुमार थापाका अनुसार नेपालगन्जदेखि रुकुम पश्चिमको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्रि बस दुर्घटनामा परेको छ । बसमा ३२ जना यात्रु सवार थिए । घाइते रहेका २७ जनालाई उद्धार गरी जिल्ला अस्पताल जाजरकोट पुर्‍याइएको छ ।

राति बस दुर्घटना भएका कारण उद्धारमा ढिलाइ भएको डिएसपी थापा बताए । दुर्घटनामा मृत्यु भएकाहरूको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *