नेकपा (एमाले)को चितवनको सौराहामा जारी १० औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि नेताहरु विहानैदेखि छलफलमा जुट्नुभएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छान्ने अधिकार दिएपछि नेताहरु छलफलमा जुट्नुभएको हो ।
महाधिवेशन प्रचार कमिटीका सह–संयोजक सूर्य थापाका अनुसार सहमतीका प्रयासका लागि विभिन्न खालका छलफलहरु भइरहेका छन् । अध्यक्ष केपी शर्मा ओलीले यसका लागि आवश्यक गृहकार्यहरु अगाडी बढाइरहनुभएको छ ।
आज विहान १० बजे बन्दसत्र सुरु हुने र त्यसपछि थप छलफल अघि बढ्ने थापाले बताउनुभयो । अधिकांस नेता कार्यकर्ताको जोड सहमतीमा नै नेतृत्व चयन हुनुपर्ने भन्नेमा रहेकाले त्यसका लागि सबै प्रयासहरु गरिने उहाँको भनाई छ ।
