नेकपा (एमाले)को दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सौराहामै हुने भएको छ । नवनिर्वाचित केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक महाधिवेशन स्थल, सौराहामै हुने तय भएको नेता विष्णु रिजालले जानकारी दिनुभयो ।
एमालेमा नयाँ नेतृत्व चयनका लागि आज विहान मतदान भएको छ । अहिले मतगणना जारी छ । अध्यक्ष, उपाध्यक्ष, सचिव र सदस्यहरुका लागि निर्वाचन भएको थियो । महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवहरु निर्विरोध चयन भइसकेका छन् ।
सबै मतपरिणाम आएपछि सदस्यहरुको टुङगो लाग्नेछ । मतदानमा २१५३ जनाको मताधिकार रहेकोमा २०९६ जनाले मात्रै मत खसालेको निर्वाचन आयोगले जनाएको छ ।
