काठमाडौं । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा सर्बाधिक मत ल्याएर अष्टलक्ष्मी शाक्य उपाध्यक्षमा निर्वाचित भएकी छिन् । खसेको २०९६ मतमध्ये उनले १९७६ मत पाएकी छन् ।
त्यस्तै सुरेन्द्र पाण्डेले १९२५, सुवासचन्द्र नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२, रामबहादुर थापाले १७६८ र घनश्याम भुसालले ७२५ मत पाएका छन् । यो सँगै ६ जना उपाध्यक्ष निर्वाचित हुँदा केपी ओलीको सर्वसम्मत सूचीविरूद्ध उम्मेद्वारी दिएका घनश्याम भुसाल पराजित भएका छन्।
