काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गरेका छन् । एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका ओलीले मंगलबार शपथग्रहण समारोहमा बोल्दै सो कुरा बताएका हुन् ।
उनले घमन्डी र अहंकारी नेता नहुने पनि बताए। उनले नेतालाई जनताको सेवक भएको भन्दै सभ्य र सरल हुनुपर्ने बताए ।
उनले भने – ‘जनताको सेवक अत्यन्तै शालीन हुनुपर्छु’ उनले आफ्ना नेता कार्यकर्तालाई अध्ययनशील हुन अनुरोध गर्दै एमालेबाट अरू पार्टीले संस्कार सिक्नुपर्ने पनि बताए ।
