कोरोना भाइरसविरुद्धको मोर्डना खोप नेपालमा पहिलोपटक भित्रिदै


काठमाडौ । नेपालमा पहिलोपटक कोरोना भाइरसविरुद्धको मोडर्ना खोप आउने भएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार एक लाख ८८ हजार डोज मोडर्ना खोप नेपाल आउने निश्चित भएको जानकारी दिएको हो ।

कोभ्याक्स सुविधाअन्तर्गत पहिलोपटक नेपालमा मोडर्ना खोप भित्रिने भएको हो । मोडर्ना खोप कसलाई लगाउने भन्ने निर्णय हुन बाँकी रहेको छ । अमेरिकी कम्पनीले उत्पादन गरेको मोडेर्ना खोप विज्ञहरुले १२ देखि १८ वर्ष उमेरका किशोरकिशोरीलाई लगाउन सुझाव दिएका छन । मोडेर्ना खोप माइनस १५ देखि २५ डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ ।

बुधबार कोभ्यास सुबिधा अन्र्तगत नेपालमा थप नौ लाख ७२ हजार मात्रा कोभिशिल्ड खोप भित्रिएको थियो । दुई दिनअघि पनि कोभ्याक्स सुविधा अन्तर्गतको सात लाख २५ हजार मात्रा खोप आएको थियो । कोभ्याक्स सुविधा अन्र्तगत नेपालले पाउने ६० लाख मात्रा खोपको निरन्तरतामा नौ लाख खोप आएको हो । कोभ्याक्स सुविधा अन्तर्गत मंसिरमा ६ लाख डोज कोभिसिल्ड आउने क्रममा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *