काठमाडौँ। कलाकार दीपकराज गिरीले अभिनेत्री रेखा थापा राप्रपाकाे महामन्त्रीमा उम्मेदवार बनेकोप्रति समर्थन जनाएका छन् । राप्रपाको अधिवेशनको अर्थ आफूलाई केही नभएपनि रेखाको उम्मेदवारीका बारेमा विभिन्न कोणबाट उठेका प्रश्नहरू अनावश्यक रहेको भन्दै गिरीले ती प्रश्नहरूको जवाफ पनि दिएका छन् ।
‘गणतन्त्रवादी रेखा कसरी राप्रपा ? भनेर प्रश्न गर्नेहरूलाई जवाफ दिँदै उनले भनेका छन्, ‘कांग्रेस एमालेमा पनि राजा ल्याउनु पर्छ भन्ने विचार राख्ने मान्छेहरू छन्, अब उनीहरू कांग्रेस वा एमाले हुन वा होइनन् ? त्यसै गरेर राप्रपा मा पनि त राजा ल्याउनु हुन्न भन्ने धार पनि होला वा हुन सक्छ नि ‘‘न रेखा त्यसमा पर्छिन् कि ?’
यस्तै उनले राप्रपा नेतृ तथा रेखाकी प्रतिस्पर्धी कुन्ती शाहीले ‘राजनीति फिल्म खेलेको जस्तो सजिलो छैन ‘ भन्ने अभिव्यक्ति दिएकोमा असन्तुष्टि व्यक्त गर्दै गिरीले फिल्म खेल्नुलाई कम नआँक्न चुनौती दिएका छन् ।
