एमाले सल्लाहकार परिषदको अध्यक्षमा अमृत बोहोरा चयन


काठमाडौं, २५ मंसिर । नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद अध्यक्षमा अमृतकुमार बोहोरा चयन हुनुभएको छ । उमेर हदका कारण कार्यकारी भूमिकाबाट यसैपाली बाहरिएका बोहोरालाई सल्लाहकार परिषदको अध्यक्ष बनाइएको हो ।

एमाले विधान अनुसार सल्लाहकार परिषदको अध्यक्ष पदेन स्थायी कमिटी सदस्य हुने व्यवस्था छ । बोहोरा यसअघि अनुशासन आयोगको अध्यक्ष हुनुभएको थियो ।नेकपा एमालेका पहिलो पुस्ताका नेता बोहोरालाई सल्लाहकारको अध्यक्ष बनाइएको एमाले केन्द्रिय पार्टी कार्यालयले जनाएको छ ।

बोहोराले केन्द्रीय कमिटी बैठकमै सपथग्रहण समेत गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *