काठमाडौं – साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले सानदार जित निकालेको छ। बुधरबार भएको खेलमा नेपालले श्रीलंकालाई ६-० गोल अन्तरले पराजित गरेको हो।
नेपाललाई सानदार जित दिलाउनका लागि रश्मी कुरमारी घिसिङले दुई गोल गरिन् भने सविता रानामगर, मेनुका आलेमगर, रजनी थाकर र सलोनी रानामगरले समाए एक–एक गोल गरिन्।
खेलको पाँचै मिनेटमै रश्मिले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। त्यसको एक मिनेट नबिल्दै सविताले गोल गर्दा नेपालको अग्रता दोब्बर बन्यो।
४३औं मिनेटमा मेनुकाले गोल गरेपछि नेपालले पहिलो हाफमा ३–० को अग्रता लिन सफल भयो। ४८औं मिनेटमा रजनीले गोल गर्दै नेपाललाई ४–० ले अघि बढाइन्। ५३औं मिनेटमा सलोनीले गोल गर्दै नेपाललाई ५–० को फराकिलो अग्रता दिलाइन्। ८५औं मिनेटमा रश्मीले गोल गर्दै नेपालको फराकिलो जित पक्का गरिन्।
जितसँगै नेपालको दुई खेलबाट ४ अंक पुगेको छ।
