तेजाब आक्रमणविरुद्धको कानून पारितपछि, एमालेका अध्यक्ष ओलीलाई दिए अभियन्ताले धन्यवाद


काठमाडौं, पुस ९ । तेजाब अपराधविरुद्धका अभियन्ता उज्ज्वलविक्रम थापाले तेजाव आक्रमणविरुद्धको कानून ल्याउन पहल गरेकोमा एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आभार ब्यक्त गर्नुभएको छ ।

तेजाब आक्रमणविरुद्धको कानून पारित भएपछि थापाले ओलीलाई भेटेर यो कानून ल्याउन सबैभन्दा बढी योगदान गरेको भन्दै धन्यवाद दिनुभएको हो । ओली प्रधानमन्त्री भएका बेला तेजाब आक्रमण गर्नेलाई कठोर सजायसहित तेजाव बिक्रीमा समेत नियन्त्रण हुनेगरी अध्यादेश जारी भएको थियो ।

थापाले सामाजिक संजालमार्फत प्रधानमन्त्री र सांसदहरूलाई समेत धन्यवाद दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *