अर्जुन र भूपेन्द्र हत्या प्रकरण : पूर्वपश्चिम राजमार्ग अवरुद्ध


धनगढी । कैलालीको जानकी गाउँपालिका ९ का अर्जुन दास र लम्कीचुहा नगरपालिकाका भूपेन्द्र बडुवालको हत्याको विरोधमा स्थानीयले शुक्रबार पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

लम्कीचुहा–१ का २३ बडुवालको कार्तिक २३ गते टीकापुरमा चक्कु प्रहार गरेर हत्या गरिएको थियो भने दासको पुस २ गते जिल्लाको जानकी नगरपालिकाको अवरावती सामुदायिक वनमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । लम्कीचुहा नगरपालिका र जानकी नगरपालिका संगै जोडिएका स्थानीय तह हुन् ।

दासको हत्या भएको एक हप्ता पुग्दासम्म पनि घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्न नसकेको दासको न्यायका लागि गठित संघर्ष समितिका संयोजक ललित परियारले बताए । उनले हत्यारालाई पक्राउ नगर्दासम्म आन्दोलन जारी रहने बताए ।

भूपेन्द्र हत्या आरोपमा फरार रहेका थप ९ जनालाई व्यक्तिलाई पक्राउ गर्नुपर्ने र पक्राउ परेका परेको अभियुक्तलाई छोड्न नमिल्ने भन्दै आफन्त आन्दोलनमा छन् । यो पटक दुवै पीडित पक्षहले संयुक्त रुपमा राजमार्ग अवरुद्ध गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *