नेपालगन्ज : लागू औषधसहित नेपालगन्जको जमुनाह नाकाबाट एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कोहलपुर नगरपालिका वडा नम्बर ५ निवासी १९ वर्षीय राजकुमार थारु रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार थारुलाई १ ग्राम ५ सय मिलिग्राम लागू औषधसहित आइतबार नेपालगन्जको जमुनाह नाकाबाट पक्राउ गरिएको हो। मुखभित्र लुकाएर लागू औषध ल्याउँदै गरेको अवस्थामा थारु पक्राउ परेको बताइएको छ।
पक्राउ पछि थप कारबाहीका लागि आवश्यक अनुसन्धान सुरु गरिएको पनि बताइएको छ।
