ठूलो मात्रामा लागू औषध सहित जमुनाह नाकाबाट एकजना पक्राउ


नेपालगन्ज : ठूलो मात्रामा लागू औषध सहित नेपालगन्जको जमुनाह नाकाबाट एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जुम्ला गोटी चौर गाउँपालिका ५ का १९ वर्षिय दिनेश नेपाल रहेको बाँके प्रहरीले जनाएको छ। उनलाई प्रहरीले नेपालगन्जको जमुनाह नाकाबाट नाइट्रोभेट, ट्रामाडोल एवम् एनटी-१० जस्ता ठूलो मात्रामा लागू औषध ल्याउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका नेपालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *