सुन जस्तो देखिने पहेलो रंगको धातु सहित नेपालगन्जमा २ जना पक्राउ


नेपालगन्ज : सुन जस्तो देखिने पहेलो रंगको धातु सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जाजरकोट बारेकोट गाउँपालिका वडा नम्बर ६ बस्ने २२ वर्षीय राजु कार्की र सोही ठाउँका २९ वर्षीय पुर्ण कार्की रहेको प्रहरीले जनाएको छ।

प्रप्रहरीका अनुसार अवैध रुपमा सुनको कारोबार भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले बुधबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० स्थित राँझा चोकबाट उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीले उनीहरूको साथबाट सुन जस्तो देखिने पहेलो रंगको धातु (१ बिस्कुट), नगद रु. २ लाख ७७ हजार र ४ लाख रुपैयाको चेक समेत फेला पारेको बताइएको छ। साथै प्रहरीले थप अनुसन्धान समेत अगाडि बढाएको पनि बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *