हात्तीको आक्रमणबाट बर्दियामा महिलाको मृत्यु


बर्दिया । बर्दियामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । राजापुर नगरपालिकामा ५५ की वर्षीया धुसिया थारुको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

उनलाई बाख्रा चराउन गएको अवस्थामा आइतबार दिउँसो हात्तीले आक्रमण गरेकोप्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार थारुलाई नेपाल(भारत सिमानामा पर्ने दीपनगरमा हात्तीले आक्रमण गरेको थियो । कतरनियाघाट वन्यजन्तु आरक्षणबाट हात्ती आएको प्रहरीको भनाइ छ ।

थारु एक्लै बाख्रा चराउने क्रममा बाक्लो हुस्सुले हात्ती आएको थाहा नभएका कारण आक्रमणमा परेको प्रहरीको अनुमान छ । उनलाई राजापुर–९ स्थित दशगजा नजिकै हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *