पूर्वमन्त्री गच्छदार र अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यातविरुद्ध पक्राउ पुर्जी लिइयो


काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा किर्ते प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पूर्वमन्त्री विजय गच्छदार र अख्तियारका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातविरुद्ध पनि पक्राउ पुर्जी लिएको छ ।

जिल्ला अदालत काठमाडौंले ३ सय बढीलाई पक्राउ अनुमति दिएकोमा गच्छदार र दिप बस्न्यात लगायत तत्कालीन कतिपय मन्त्री र सचिवहरु समेत परेको स्रोतले जनाएको छ ।

उनीहरुविरुद्ध कात्तिक २७ गतेभित्र किर्ते मुद्दा दर्ता हुनेछ । यसअघि अख्तियारले पनि उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *