सरकारले नेपाललाई अशान्त बनाउँदै लगेको एमाले महासचिव पोखरेलको आरोप


काठमाडौं, २१ पुस।  नेकपा एमालेका महासचिव शंकर पोखरेल सरकारले नेपाललाई अशान्त बनाउँदै लगेको आरोप लगाउनुभएको छ । पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत पाँचदलिय गठवन्धन सरकारले शान्त नेपाललाई अशान्त बनाउँदै लगेको आरोप लगाउनुभएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएर अशान्त नेपाललाई शान्त बनाउन भुमिका खेलेको दाबी गर्दै उहाँले वर्तमान सरकारले त्यसलाई निरन्तरता दिनको साटो देशलाई अशान्ति तर्फ धकेल्दै गएको बताउनुभयो ।

‘केपी ओली प्रधानमन्त्री भएर अशान्त नेपाललाई शान्त बनाउन भुमिका खेल्नु भो । पाँचदलिय गठवन्धन सरकारले शान्त नेपाललाई अशान्त बनाउदैछ ।,उहाँले फेसबुकमा लेख्नुभको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *