माघी विशेष : नेपालगन्जमा तरुल, गन्जीको व्यापार सुरु


नेपालगन्ज : माघी संक्रान्ती पर्वको अवसरमा नेपालगन्ज बजार क्षेत्रमा चहलपहल बढेको छ । प्रत्येक वर्ष माघको पहिलो दिन मनाईने यो पर्व आउन अब दुई दिन मात्रै बाँकी रहदा नेपालगन्ज बजारमा नागरिकहरुको चहलपहल बढेको हो ।

यो पर्वमा विशेषगरी घ्यू, चाकु, तिलका परिकार, तरुल,गन्जी, पालुङ्गो, खिचडी आदि परिकारलाई महत्वपुर्ण मानिन्छ ।

जसले गर्दा नेपालगन्ज बजार क्षेत्रका विभिन्न चोक तथा पसलमा गन्जी तरुल र फलफुलको व्यापार बढेको छ ।यो पर्वलाई थारु समुदायले विशेष पर्वका रुपमा मनाउने गर्दछन् ।यस वर्षको माघी पर्व पर्सी शनिबार परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *