एकैदिन बाँकेमा ५३ जनामा कोरोना संक्रमण पुष्टि


नेपालगञ्ज । पछिल्लो केही सातायता बाँकेमा कोरोना संक्रमितको संख्या बढ्दो छ। यसैबीच,
बाँकेमा थप ५३ जनामा कोरोना पुष्टि भएको छ ।

बाँकेका विभिन्न प्रयोगशालामा गरिएको १ सय ३ नमुना परीक्षणमा बाँकेका ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए।

फोकल पर्सन वलीका अनुसार भेरी अस्पताल ल्याबमा २८ जना, मेडिकल कलेज कोहलपुरमा १६ र बागेश्वरी ल्याबमा ९ जना कोरोना पुष्टि भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *