नेपालगन्ज : बाँकेमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बाँकेका ३ वटा प्रयोगशालामा १ सय ६७ नमुना परीक्षण गर्दा १ सय ८ भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।
संक्रमित मध्ये ७७ जना बाँकेका रहेका बताइएको छ। आजको संक्रमित संख्या पछिल्लो समयको भन्दा निकै धेरै हो। जसले गर्दा कोरोनाको हटस्पट बाँके बन्न सक्ने आँकलन गरिएको छ।
