पुनः फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन मिति अनिश्चितकालको लागि स्थगित


यही माघ १९ गते प्रदर्शन हुने भनिएको नेपाली फिल्म ‘म यस्तो गीत गाउँछुको प्रदर्शन मिति अनिश्चितकालका लागि स्थगित भएको छ ।

माघ १९ लाई प्रर्दशन मिति तोकेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ कोरोना भाइरसको जोखिमका कारण फिल्मको पुनः प्रदर्शन स्थगित गरिएको हो ।

निर्देशक सुदर्शन थापाले आफ्नो ब्यानर सुदर्शन थापा प्रोडक्सनका तर्फबाट एक विज्ञप्ति जारी गर्दै अर्को सूचना सार्वजनिक नगरी फिल्मको प्रदर्शन नगर्ने जनाएका छन् ।

अर्को सूचना नआउँदासम्मलाई फिल्म प्रदर्शन नगर्ने निर्णय गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ । सुदर्शन थापाले निर्देशन गरेको यो फिल्ममा पल शाह र पूजा शर्माको शीर्ष भूमिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *