बाँके । राजनीतिक दलको नेतृत्व तहमा महिलाको सहभागिता न्यून भएको गुनासो बढिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेले जिल्लाको सहसचिवमा इन्दिरा शाहीलाई मनोनित गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेका अनुसार जिल्ला सहसचिवमा शाहीलाई मनोनित गरेको जनाएको छ । “अरु राजनीतिक दल भाषण र कागजमा मात्र समावेशीका कुरा गर्छन्”, पार्टीका जिल्ला अध्यक्ष नरेन्द्र पौडेलले भन्नुभयो, “हामीले व्यवहारमै पार्टीमा महिलालाई नेतृत्व तहमा पु-याएका छौँ ।” हरेक समितिमा महिलाको सहभागिता सुनिश्चित गरिएको बताए ।
पुरुषसँगको प्रतिस्पर्धाबाटै आफू स्थानीय निर्वाचनमा नेतृत्वका लागि निर्वाचित भएर आएको बताउँदै शाहीले भन्नुभयो, पार्टी मेरो कामको मुल्यांकन गरेर जिल्ला सहसचिवको जिम्मेदारी दिएको भन्दै धन्यबाद दिनु भयो । उहाँले पार्टीको नेतृत्व तहमा आउन अरु महिलालाई समेत आह्वान गर्नु भयो । “महिलाले इमान्दार र कुशलतापूर्वक पार्टीको नेतृत्व गर्छन् भन्ने विश्वासका साथ मलाई सहसचिवमा चयन गरिएको हो”, उहाँले अनुभव समेत सुनाउँदै भन्नुभयो “म पहिलेदेखि नै सामाजिक सेवाको क्षेत्रमा अग्रपङ्तिमा रहेर काम गरिरहेको र पार्टी निकट महिला संगठनको पनि पहिलो पङ्क्तिमै बसेर काम गर्दै आएको हुँदा सहसचिवको जिम्मेवारी सम्हाल्न गाह्रो लागेको छैन ।”
राप्रपाको सहसचिव भए पछि युथ टुडे न्युज संग कुरा गर्दै भन्नुभयो “आफ्नो पार्टीलाई अरुभन्दा अब्बल र जनमुखी बनाउने लक्ष्य लिएकी छु”, शाही भन्नु हुन्छ, “हिन्दू राज्य र संवैधानिक राजसंस्था पार्टीको मुख्य एजेण्डा हो, यी कुरा जनतालाई बुझाउन अब हामी घरघर पुग्छौँ ।”
राप्रपा महिला संगठन कि बाँके अध्यक्ष समेत रहनु भएकि शाहीले गणतन्त्रमा समान अधिकारको कुरा आए पनि नेपाली महिलाले अझैसम्म चुलोचौकामै सीमित हुनुपरेको बेला राप्रपाले महिलालाई नेतृत्व तह सम्म पु-याउनु उदाहरणीय भएको जिकिर गर्नु भयो । “आजको युगमा महिलाले पुरुषको शासनमा खुम्चिएर बस्नु हुँदैन । हरेक पार्टीको अध्यक्ष मात्र होइन, स्थानीय तहको प्रमुख पदमै अब महिलालाई पु-याउनु जरुरी छ” शाहीको भनाइ थियो ।
