सोमबार बस्ने भनिएको राष्ट्रिय सभाको बैठक स्थगित


काठमाडौं– राष्ट्रिय सभाको सोमबार (माघ १७ गते) बस्ने तय भएको बैठक स्थगित भएको छ। 

संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले एक सूचना जारी गर्दै सोमबारका लागि तय भएको बैठक स्थगित भएको जानकारी दिएका छन्। 

यसअघि केही दिन अगाडि मात्रै सूचना जारी गरेर राष्ट्रिय सभाको बैठक माघ १७ गते (सोमबार) दिनको १ बजे बस्ने तय भएको जानकारी गराइएको थियो। 

कोरोना भाइरसको संक्रमण ब‌ढेपछि संघीय संसद्‌का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को बैठक स्थगित हुँदै आएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *