हराएको ४८ घण्टा भित्रै वडा प्रहरीले मोटरसाइकल फेला पारी सवारी धनीलाई बुझायो


नेपालगन्ज : हराएको मोटरसाइकल फेला पारेर वडा प्रहरी कार्यालय नेपालगन्जले सवारी धनीलाई बुझाएको छ।

नेपालगन्ज बसपार्क स्थित दाजुभाइ होटल परिसरमा पार्किङ गरि राखेको बजाज एभेन्जर २२० सिसिको भे ९ प ४८६१ नम्बरको बाइक गत शनिबार चोरी भएको थियो।

चोरी भएको सुचना पाएलगत्तै खोजतलास गर्दा ४८ घण्टा भित्रै नेपालगन्ज १८ सुर्जीगाउँ जाने बाटोमा बेवारिसे अवस्थामा वडा प्रहरीले फेला पारी सवारी धनी तुलाराम खत्रीलाई सोमबार बुझाएको वडा प्रहरी कार्यालय नेपालगन्जले जनाएको छ।

हराएको ४८ घण्टा भित्रै मोटरसाइकल फेला पार्नुले वडा प्रहरीको निकै सक्रियता देखाएको छ।

त्यसो त, पछिल्लो समय बाइक चोरीका घटना बढ्न थालेपछि प्रहरीले पनि कडा निगरानी राखिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *