नक्कली पीसीआर रिपोर्टको धन्दा गर्ने ४ जना पक्राउ


काठमाडौं – प्रहरीले नक्कली पीसीआर रिपोर्टको धन्दा गर्ने ४ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं र भक्तपूरको अस्पताल र र प्रयोगशालामा नक्कली पीसीआर रिपोर्टको धन्दा गरेको अभियोगमा ४ जना परेका हुन्  ।

पक्राउ पर्नेमा विदेह नगरपालिका ४ धनुषाका रोशनकुमार छिट्टान, छिरेश्वर नगरपालिका१ धनुषाका नागेन्द्र यादव, तेमाल गाउँपालिका-५ काभ्रेका माधव मैनाली र बलरा नगरपालिका-७ सर्लाहीका प्रसन्नकुमार झा छन् ।

अपराध अनुसन्धान महाशाखाका सूचना अधिकृत प्रहरी उपरिक्षक कृष्णप्रसाद कोइरालाका अनुसार भक्तपुरको मध्युपर थिमीस्थित नागरिक कम्युनिटी टिचिङ अस्पताल र काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पतालबाट नक्कली पीसीआर रिपोर्ट बनाएको अभियोगमा त्यहाँका कर्मचारी र केही विचौलिया पक्राउ परेका हुन् ।

त्यस्तै, राजदेवी नगरपालिका ४ रौतहटका भावेश मित्र र काठमाडौं महानगरपालिका ३२ का निर्मल गिरी भने फरार छन् ।

केहि अस्पताल र प्रयोगशालाहरुले विचौलियासँग मिलेर नक्कली पीसीआर रिपोर्ट बनाइदिने र त्यसबापत चर्को शुल्क असुल्ने गरेको पाइएको नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *