‘बर एण्ड बधु’मा आँचल


मिलन चाम्सको निर्देशनमा फिल्म ‘बर एन्ड बधु’ निर्माण हुने भएको छ । यसैबाट नायिका आँचल शर्मा लामो समयपछि फिल्ममा देखिने भएकी हुन्। लकडाउनपछि दक्षिण भारतीय फिल्म हिटम्यानमा अभिनय गरेकी आँचल यसपटक वधुका रूपमा फिल्ममा देखिनेछिन्।

चाम्स एकपछि अर्को फिल्मको निर्देशनमा व्यस्त छन् । चाम्सको निर्माणाधीन नयाँ फिल्म वर एन्ड वधुमा नायिका शर्मा वधुका रूपमा देखिनेछिन्। उनको वरका रूपमा नयाँ नायकको खोजी भइरहेको निर्माता निर्देशक चाम्सले जानकारी गराएका छन्। गोर्खा वारियर–२ को निर्माण गरिरहेका मिलन वर एन्ड वधुका अलावा एक फुटबलरको बायोपिक फिल्म निर्देशन गर्ने तयारी पनि गरिरहेका छन्।

कमेडी र लभ स्टोरी कथामा बन्ने वर एन्ड वधुको छायांकन फागुनको तेश्रो साताबाट शुरु हुने जानकारी मिलनले गराएका छन्। ‘फिल्मको कथावस्तु रोचक छ। कोरोनाको तेस्रो लहर कम भएपछि फागुनमा सुटिङ फ्लोरमा जाने योजना छ’ मिलनको फागुनबाट छायांकन शुरु गर्छौं’ मिलनको भनाइ छ। आँचलले फिल्मका लागि आफू उत्साहित भएको बताइन्। एल आर के इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मका अन्य कलाकार र प्राविधिक केही दिनमै एक कार्यक्रम मार्फत सार्वजनिक गर्ने निर्माण युनिटले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *