नेपालगन्ज : ठुलो परिमाणमा लागु औषध र नगद सहित ३ जनालाई वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको टोलीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा नेपालगन्ज-७ का २८ वर्षीय आदित्य श्रेष्ठ, २५ वर्षीय अंकित श्रेष्ठ र विरेन्द्रनगर नगरपालिका-६ सुर्खेतका ३८ वर्षीय गणेश भण्डारी रहेका छन् ।
लागु औषधको कारोबार भइरहेको भन्ने सुचनाको आधारमा नेपालगन्ज उपमहानगरपालिका-७ गगनगन्जबाट ३ जनालाई पक्राउ गरिएको हो।
पक्राउ परेका ३ जनाको साथबाट ३० ग्राम लागू औषध र नगद १ लाख ४४ हजार बरामद गरिएको बताइएको छ। साथै, लागू औषध नापजाँच गर्ने तराजु समेत बरामद भएको छ ।
