भारतीय प्रहरी हतियारसहित बर्दियामा प्रवेश गरेको खुलासा


नेपालगन्ज : भारतीय प्रहरी हतियारसहित नेपालको बर्दिया जिल्लामा प्रवेश गरेको खुलासा भएको छ।

बिहीबार बेलुका करिब साढे ५ बजेको समयमा भारतीय प्रहरीका दरोगा (उपरीक्षक) अनाधिकृत रुपमा सदरमुकाम गुलरियामा प्रवेश गरेको स्थानीयले बताएका छन् ।

यूपी ५३डीके ७४०६ नम्बरको प्रहरीको गाडीमा आएका उनले पेस्तोल बोकेका थिए । उनी बर्दियाको एक पेट्रोल पम्पमा पुगी गाडीमा पेट्रोल भरेर फर्किएको स्थानीयको भनाइ छ।

सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीको पोस्ट छिचोल्दै नेपालभित्र प्रवेश गर्दा उनलाई जाँचसमेत गरिएको छैन ।

प्रहरी पोसाकमाथि ज्याकेट लगाएका उनी कुन प्रयोजनका लागि आएका हुन् भन्नेबारे प्रहरी प्रशासन अहिलेसम्म बेखबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *