नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिकामा अवैध काठ बरामद गरिएको छ।
प्रहरी चौकी खडैचा, सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारी र नेपालगन्ज सवभिजन वन कार्यालयका कर्मचारीको संयुक्त टोलीले गस्ती गर्ने क्रममा अवैध काठ फेला पारेको हो।
सालका काठ ५०.१० क्युफिट वेवारिसे अवस्थामा फेला पारिएको र उक्त काठहरु हजरथ सामुदायिक वनका पदाधिकारीहरुलाई बुझाइएको बताइएको छ।
