नेपालगन्ज: थप १९ जना कोरोना संक्रमित बाँकेमा थपिएका छन्। बाँकेका बिभिन्न प्रयोगशालामा गरिएको ५२ नमुना जाँचमा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना भाइसर पोजेटिभ देखिएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए।
फोकल पर्सन वलीका अनुसार पोजेटिभ देखिएका मध्ये ७ जना बाँकेका रहेका छन्।
