मुकुन्द भट्टको निर्माण तथा निर्देशन रहेको फिल्म ‘लप्पन छप्पन २’ नयाँ रिलिज मिति सार्वजनिक गरेको छ l फिल्म ‘म यस्तो गीत गाउँछु २’ सँग भिड्न परेपछी घोर आपती जनाउदै फिल्मले फाल्गुन १३ छोडेर फाल्गुन २० रोजेको हो l
फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व .दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ । खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको ‘लप्पन छप्पन २’बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्त लगायतले अभिनयमा डेब्यु गर्दैछन् ।
फिल्मको पटकथा र संवाद निर्देशक भट्ट र सुनिल नेउरेले लेखेका हुन् । पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट , दीपक आरजे र बुलेट फ्लोको संगीत रहेको छ ।
फिल्ममा किङ योगी र दिलिप ओकेडाको कोरियोग्राफी छ भने हिमाल केसीसहित निर्देशक भट्टले एक्सन, निरज केसीले साउन्ड र मिलन श्रेष्ठले सम्पादनमा काम गरेका छन् ।
