अभिनेत्री रेखा थापाले गरिन् बिहे


काठमाडाैँ । अभिनेत्री रेखा थापाले बिहे गरेकी छन् ।

उनले केही समयअगाडि जाजरकाेटका बलराम शाहीसँग बिहे गरेकी हुन् ।

लामाे समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले काेर्ट म्यारिज गरेका हुन् । उनीहरूले काठमाडौँ जिल्ला अदालतमा बिहे गरेका छन् ।

थापाले यसअघि निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन्। उनीहरूले १० वर्षअघि डिभोर्स गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *