रहेनन् चर्चित चलचित्र निर्माता तथा निर्देशक आचार्य 


काठमाडौं – चर्चित निर्माता तथा निर्देशक रेशराज आचार्यको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका उनको बुधबार साझँ अस्पतालमा निधन भएको हो । 

उनको चावहिलस्थित ओम अस्पतालमा हृदयाघातका कारण निधन भएको जनाइएको छ । उनको बिहिबार बिहान पशुपति आर्यघाटनमा अन्तिम सस्ंकार गरिएको छ । 

उनले २०४४ सालमा फिल्म तिलहरि मा निर्देशन गरेर फिल्मी यात्रा शुरु गरेका थिए । उनले प्रीतिको फूल,  धर्मसंकट, टुहुरो, बन्धन लगायतमा निर्देशन गरका थिए ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *