प्रतिनिधिसभाको कार्यसूचीमा एमसिसी‚ अर्थमन्त्री शर्माले पेश गर्ने


काठमाडौं : प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)सम्बन्धी प्रस्ताव टेबल हुने भएको छ।

संसद सचिवालयले सार्वजनिक गरेको आइतवारको कार्यसूचीको एमसिसीलाई राखिएको छ।  प्रस्तावको टेबल अर्थमन्त्री जनार्दन शर्माले गर्ने कार्यसूची रहेको छ।

आज बिहान बसेको सत्ता गठबन्धको बैठकले एमसिसीको प्रस्तावलाई संसदमा पेश गर्ने निर्णय गरेको थियो। उक्त निर्णयमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असहमति जनाएका थिए। उनले प्रस्ताव संसदमा नभई संसदीय समितिमा पेश गर्न आग्रह गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *