बाघको आक्रमणबाट बर्दियामा महिलाको ज्यान गयो


बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै पाटे बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ ।

ठाकुरबाबा नगरपालिका ४ सैनवार गाउँकी ४१ वर्षीया लिलि थारुको पाटे बाघको आक्रमणबाट हिजो बेलुका ज्यान गएको मध्यवर्ती क्षेत्र अन्तर्गत बबई उपभोक्ता समितिका अध्यक्ष चक्रप्रसाद खनालले जानकारी दिनुभयो ।

निकुञ्जसँग सीमा जोडिएको आफ्नो घर नजिक बंगुरलाई चारो दिन लाग्दा बाघले आक्रमण गरेको प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

बाघले आक्रमण गरे लगत्तै महिला चिच्याएपछि स्थानीयले होहल्ला गर्दा बाघले छाडेर गएको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *