रुकुममा टिपर पल्टिदा दुईको मुत्यु, अन्य दुई जना घाइते


रुकुम पूर्वको भूमे गाउँपालिकामा टिपर पल्टिदा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । भूमे गाउँपालिका -५ को झिङ्गेटारस्थित बा २ क ७०१८ नम्बरको टिपर पल्टिंदा दुई जनाको मृत्यु भएको र अन्य दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

मृत्यु हुनेमा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका-१४ निवासी करिब २५ वर्षिय गोविन्द बुढा र भूमे गाउँपालिका ५ उपल्लो साकिम निवासी २५ वर्षिय दामु बुढा रहेका छन् ।जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार दुर्घटना पश्यात गम्भिर घाइते भएका दुवै जनालाई उपचारका लागि रुकुम पूर्व अस्पतालमा लागिएको थियो । उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो ।

घाइते हुनेमा लामा कन्स्ट्रक्सनका सवइन्जिनीयर ३५ वर्षीयका ध्रुव घिमिरे र उदयपुर चौबन्दिगढी नगरपालिका-५ निवासी २३ वर्षीय रामआशिस चौधरी रहेका छन् । दुवै जनाको रुकुम पूर्व अस्पतालमा उपचार भइरहेको छ । सब-इञ्जिनियर घिमिरेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

रुकुम पूर्वको धाउने-बालुवा-देउखोला सडकखण्डमा काम गरिरहेको बेला ढुंगा झार्ने क्रममा टिपर अनियन्त्रित भएर पल्टिंदा काम गरिरहेका मजदुरहरुलाई थिचेको थियो । कन्स्ट्रक्सनका सव-इन्जिनियर घिमिरे भने टिप्परबाट उछिट्टिएर खसेको ढुगांले लागेर घाइते भएको प्रहरीले बताएको छ ।

ढुंगा झार्ने क्रममा टिप्पर अन्दाजी १०/१५ मिटर तल खसेको थियो । टिपर चालक दोलखा निवासी ३२ वर्षिय सन्तोष माझीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *