नेपालगन्ज: नेपालगन्जको जमुनाहबाट ३ किलो चरेससहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुर्खेत सिम्ता गाउँपालिका ४ बस्ने ४० वर्षिय विरेन्द्र हमाल, सोही स्थानका ३८ वर्षिय दिपा बुढा र जाजरकोट शिवलय गाउँपालिका २ वस्ने २३ वर्षिय खिमा खत्री रहेको प्रहरीले जनाएको छ।
उनीहरुलाई नेपालगन्ज उपमहानगरपालिका १५ स्थित जमुनाह चेक पोइन्ट स्थित नेपालबाट भारत जाँदै गरेको अवस्थामा चेकजाँच गर्दा ३ किलो लागु औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिइएको बताइएको छ। हाल नियन्त्रणमा रहेका उनीहरु माथि थप अनुसन्धान भैरहेको बताइएको छ।
