“म यस्तो गीत गाउँछु २” : नेपालगन्जमा दर्शकको उत्साहजनक सहभागिता


नेपालगन्ज : लोकप्रीय नायक पल शाह र नायिका पूजा शर्मा स्टारर चलचित्र “म यस्तो गीत गाउँछु २” आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ। दर्शकको बहुप्रतिक्षित चलचित्रको सुचिमा रहेको यस चलचित्रलाई पहिलो दिनमै उल्लेख्य साथ दिएका छन्।

यतिबेला नायक पल शाहलाई गायिका समिक्षा अधिकारीमाथि करणीको जाहेरी लागेकाले दर्शकको उपस्थिति हलमा कम हुने होकि भन्ने अनुमान धेरैको थियो। तर यो सब उल्टो भएको छ। चलचित्र हलहरुमा पलको अभिनय हेर्न गएका दर्शकको संख्या बाक्लो छ देशभर।

यसैबीच, नेपालगन्जको क्युएफएक्स बागेश्वोरी सिनेमाजमा पनि “म यस्तो गीत गाउँछु २” लाई दर्शकको अत्याधिक साथ मिलेको छ। पहिलो शोनै दर्शकको उपस्थितिले भरिएको थियो नेपालगन्जमा। बागेश्विरिमा ३ शो दिइएको छ। दिउँशो १२ बजेको पहिलो शोमा नै दर्शकहरु भरिभराउ थिए।

आजको तुलनामा भोलि शनिबार झन् दर्शकहरु बढ्ने अनुमान गरिएको बागेश्वोरि क्युएफएक्सका प्रबन्धक सन्जिब शाक्यले बताए।

उनले फिल्मीपत्रको कुराकानीमा भने, “यस चलचित्रका नायकको विवादले दर्शकहरुको उपस्थिति हुन्नकी भन्ने थियो तर त्यसो भएन। लामो समयपछि हलमा राम्रो चलचित्र लागेको भएर होला दर्शकहरु उत्साहित भएर आएको पाइयो। भोलि शनिबार झन दर्शकको संख्या बढ्ने अनुमान गरेका छौँ। हाम्रोमा यस चलचित्रलाई ३ शो दिइएको छ।”

चलचित्रमा नायक पल शाह र नायिका पुजा शर्माको मुख्य भुमिका रहेको छ। सुदर्शन थापाको निर्देशन एवम कथा रहेको चलचित्रमा म्युजिकल लभ स्टोरीलाई देखाइएको छ।

पल र पुजाका अलवारिहर शर्मा, दिनेश डीसी, राजाराजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाया लगायतको अभिनय छ । साढे दुई करोडको लगानी रहेको चलचित्रलाई सुदर्शन थापा र पूजा शर्माले निर्माण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *