नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले चितुवाको छाला सहित ३ जनालाई पक्राउ गरेको छ
। पक्राउ पर्नेमा बाँकेको बैजनाथ गाउँपालिका ५ बस्ने २८ वर्षिय याम बहादुर विश्वकर्मा, बर्दियाको मधुवन नगरपालिका ४ का ३० वर्षिय आकाश परियार र बर्दियाको मधुवन नगरपालिका ९ बस्ने ५४ वर्षिय लाल बहादुर बिक रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए।
उनका अनुसार बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ गायत्री टोल स्थित भित्री सडक बाटोमा दुर्लभ वन्यजन्तु चितुवाको छाला सहित कोहलपुरबाट खटिएको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरिएको हो।
पैदल हिडेर चितुवाको छाला ल्याइरहेको भन्ने विशेष सुचनाका आधारमा ति ३ जनालाई पक्राउ गरिएको जनाइएको छ। हाल छाला सहित पक्राउ परेका तिनैजना माथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
