कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा


कर्णाली सरकारमा सहभागी नेपाली काङ्ग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन्।

पत्रकार सम्मेलन गर्दै उनीहरूले राजीनामा गरेको जानकारी दिएका हुन्। कांग्रेसबाट अर्थमन्त्री वेदराज सिंह, सामाजिक विकासमन्त्री खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमन्त्री कृष्णकुमार बिसी थिए।

उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए।

केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीमा पनि मन्त्रीहरूले राजीनामा दिएका हुन्। मार्ग प्रशस्त गर्नुपर्छ भनेर राजीनामा दिएको उनीहरूको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *