सरकारले “कोदोजन्य परिकारको आहार: खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार”’ भन्ने मुल नारा सहित आज पहिलोपटक राष्ट्रिय कोदो दिवस मनाउने भएको छ। कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, आयत राेकि उत्पादकत्व बढाउने उदेश्यले साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउन लागिएको हो ।
प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समितिकाे अध्यक्षमा कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेल रहेका छन ।

सञ्जेलका अनुसार लाेपन्मुख हुदै जान लागेको काेदाे बालिलाई संरक्षण गरि दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रुपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने उनको भनाइ छ।
मलखाद र विषादीको प्रयोग नगरी वा कम गरेर पनि औसत उत्पादन लिन सकिने बताउँदै हानिकारक हरित ग्यास उत्सर्जन कम गर्नमा सघाउ पुर्याउन जलवायु परिवर्तन न्यूनीकरणमा समेत सहयोग पुग्ने अध्यक्ष सञ्जेलकाे बिश्ववास छ ।
कृषि विभागकाे तथ्यांक अनुसार आर्थिक वर्ष २०८१÷८२ मा रु ७६ करोड ६३ लाख ८६ हजार बराबरको करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात भएको जनाएको छ ।
