लाखौं रुपैयाँसहित नेपालगन्जमा जुवाडे पक्राउ


नेपालगन्जको सिटि प्यालेस होटलबाट लाखौं रुपैयाँसहित जुवाडे पक्राउ परेका छन् । ६ लाख १६ हजार रुपैयाँसहित १२ जना जुवाडे पक्राउ परेको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

उनीहरु सिटि प्यालेसमा कोठा लिएर जुवा खेलिरहेका थिए । पक्राउ परेका नेपालगन्ज र कैलाली टीकापुरका पेशेवार जुवाडे रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अधिकांश जुवाडे पावरफुल छन् । उनीहरुलाई छुटाउन राजनीतिक दवाव समेत दिन थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *