नाबालिग बलात्कारको आरोपमा लागेका कलाकार पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिइएको छ l जिल्ला अदालत तनहुँले प्रहरीलाई शाहलाई थुनामा राख्न अनुमति दिएको हो l
फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा एक नाबालिगले जबरजस्ती करणीको मुद्दामा जाहेरी दिएपछि फरार रहेका पलले केही हप्ता अगाडि आत्मसमर्पण गरेका थिए ।
तनहुँ जिल्ला अदालतले उनलाई यस्अघी ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो l
