वर्षमान पुन भन्छन्– तत्काल अर्ली इलेक्सन सम्भव छैन


काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता वर्षमान फुनले अर्ली इलेक्सनका विषयमा राजनीतिक रुपले सोच्न सकिने बाहेक अन्य हिसाबले सम्भव नहुने बताएका छन्।

दलका शीर्ष नेताहरुबाट नै अर्ली इलेक्सनको विषय आइरहेको छ नि? भन्ने पत्रकारहरुको प्रश्नमा उनले राजनीतिक रुपले सोच्न सकिए पनि त्यो तत्काल सम्भव नहुने बताए।

‘संघीय संसद्को कार्यकाल ५ वर्ष नपुगेर अर्ली इलेक्सन गर्न सकिन्न। पाँच/छ महिनादेखि संसद् चल्न नसक्ने अवस्थामा राजनीतिक रुपले त्यसरी सोच्नु ठिकै हो,’ आइतबार प्रतिनिधि सभा बैठक सकिएपछि संसद् भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने। 

मौसमी र भौगोलिक हिसावले पनि अर्ली इलेक्सन सम्भव नभएको पुनको भनाइ छ।  ‘हाम्रो मौसमी र भौगोलिक हिसाबले पनि अहिले नै अर्ली इलेक्सन गर्न सकिने भन्ने तत्काल सोच्न सकिने देखिँदैन,’ पुनले भने। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *