जमुनाह सशस्त्र प्रहरीद्धारा दुई लाख बढीको सामान बरामद


बाँके : भारतबाट भन्सार छलिको अवैध सामान सशस्त्र प्रहरीले नेपालगन्जबाट बरामद गरेको छ । जमुनाह विओपीबाट प्रहरी निरीक्षक जिवनलाल बुढाको कमाण्डमा खटिएको सशस्त्रको टोलीले नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह गाउँबाट ठूलो परिमाणको लत्ताकपडा बरामद गरेको हो ।

प्रहरीका अनुसार उक्त लत्ताकपडाको अन्दाजी मूल्य २ लाख ८ हजार बराबर रहेको छ । बरामद गरिएको सामान थप कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *