नेपालगञ्जमा पाँच दिने पत्रकारिता तालिम सम्पन्न


बाँके । मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्र (हुरीपप) को आयोजना र नेपालगञ्ज उपमहानगरपालिका वडा नं ६ को सहयोगमा सुरु भएको पाँच दिने पत्रकारिता तालिम मंगलबार सम्पन्न भएको छ ।

विभिन्न तथ्यहरुको खोजी गर्न विभिन्न ठाउँहरुमा पुगेर बाहिर ल्याउनुपर्ने उहाँको धारणा थियो । ‘तथ्यको खोजी गर्न पत्रकारले अल्छी गर्नु हुँदैन,’ उहाँले भन्नुभयो,‘त्यसका लागि तपाईहरु विभिन्न ठाउँमा पुग्नुपर्छ । सम्बन्धित ठाउँमा नपुग्दासम्म तथ्य बाहिर नआउन पनि सक्छ । त्यसका लागि ठाउँमै पुग्नुपर्छ ।’ पछिल्लो समय पत्रकारिताप्रति आकर्षण घटेकोमा दुख समेत व्यक्त गर्नु भयो। यो क्षेत्र सम्मानित क्षेत्र भएकाले खटेर काम गर्न सक्ने हो भने विभिन्न अवसरहरु रहेको समेत उहाँले बताउनुभयो ।

पछिल्लो समय पत्रकारिता क्षेत्र व्यावसायिक बन्दै गएको र यसले गर्दा समाज रुपान्तरणमा ठूलो योगदान पुग्ने उहाँको भनाइ थियो । उहाँले पत्रकारिता क्षेत्रमा पुरुष भन्दा महिलाको संख्या कम रहेकोले महिलाहरुलाई पत्रकारिता गर्न तर्फ केन्द्रित हुन सुझाव दिनु भएको थियो । उहाँले नारी दिवसको शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।

तालिम समापन कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणाले तथ्यमा केन्द्रित भएर समाचार लेख्न आग्रह गर्नु भयो । ‘पत्रकारिता भनेको सत्यको उजागर गर्ने कार्य हो,’ उहाँले भन्नुभयो, ‘तपाईहरुले तथ्यमा रहेर पत्रकारिता गर्नुभयो भने त्यसले राज्यलाई पनि ठूलो सहयोग पु¥याउँछ ।’

यस्तै तालिमको समापन कार्यक्रममा बोल्दै नेपालगञ्ज ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले पत्रकारको संख्या बढनु राम्रो भएको बताउदै दक्ष पत्रकार बनाउनका लागि स्थानीय सरकारलाई गम्भीर हुन जरुरी रहेको बताउनु भएको थियो । सहभागिहरुले मनकारी वडा अध्यक्षलाई १० दिन सम्मका लागि तालिमको व्यवस्था गरिदिन आग्रह गरे पछि उहाले तत्काल आफ्नो व्यक्तिगत तर्फबाट तालिम संचालनका लागि आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । 

कार्यक्रममा नेपालगञ्ज ६ का वडा सदस्य दिपक श्रेष्ठ, सुरेश कुमार सोनीले आफुले वडाको नेतृत्व पाए पत्रकारिता क्षेत्रलाई प्राथमिकतामा राखिने बताउनु भएको थियो । 

कार्यक्रममा क्यान्सर अस्पतालका सदस्य सुर्यलाल यादवलले नव प्रवेशीहरुलाई शुभकामना दिदै निडर भएर पत्रकारिता गर्न शुभकामना दिनु भएको थियो ।

यस्तै तालिमका प्रशिक्षक एंव बरिष्ठ पत्रकार निरज गौतमले ‘सिकेको कुरा ब्यबहारमा उतार्नु पर्छ , उहाँले भन्नुभयो‘जानेको कुरा लेख्नै पर्छ तर पत्रकार तथ्य र सत्यको नजिक रहेर बिश्वशनिए पत्रकारिता गर्नु पर्छ ।’

कार्यक्रममा १५ जनाले प्रशिक्षण लिएका छन् । तालिमका सहभागीहरुले आफुले ५ दिनको समयमा पत्रकारिता सम्बन्धी धेरै कुराहरु सिकेको र आगामी दिनमा पत्रकारीता पेशामा आफु आबद्ध हुन चाहेको बताएका छन् ।

कार्यक्रममा सहभागी अब्दुल अजिज र सरस्वती श्रेष्ठले तालिमको अनुभव सुनाउनु भएको थियो । तालिमको समापन समारोहको अध्यक्षता मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्रका अध्यक्ष आलम खानले गर्नु भएको थियो । भने तालिम संचालन गर्न सहयोग गरेको भन्दै नेपालगञ्ज उपमहानगरपालिका वडा नं ६, ल्यापटप रिपेयर हाउस, हडिया बाबा मन्दिर आश्रम, रमेश भण्डारी लगायतलाई सम्मान गरिएको थियो भने हुरीपपको कार्यकारी निर्देशकमा नियुक्त हुनु भएका गोपाल ओलीलाई समेत प्रमाण पत्र प्रदान गरिएको थियो । समापन कार्यक्रममा नेपालगञ्ज ६ का वडा सदस्य, राप्रपाका नेता रबि बर्मा लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *