प्रकाश सपूतको ‘पिर’ विवादमा


काठमाडौँ । प्रकाश सपूतको नयाँ गीत ‘पिर…’ विवादित बनेको छ । शुक्रबार उनको आफ्नै युट्युबमार्फत सार्वजनिक भएको गीत विवादित बनेको हो ।

गीतलाई यो समाचार तयार पार्दासम्म ११ लाख २७ हजार बढीले हेरिसकेका छन् भने ट्रेन्डिङको एक नम्बरमा छ । माओवादी सशस्त्र द्वन्द्वपछि टाठाबाठाले सत्तामा पहुँच पुर्‍याएको तर सोझासाझाले भने सास्ती भोग्नुपरेको कथा भिडिओमा देखाउन खोजिएको छ ।

माओवादी सशस्त्र द्वन्द्वमा सहभागी माओवादी लडाकुहरू द्वन्द्वपछि कस्तो स्थितिमा छन् भनेर पिरमा देखाउन खोजिएको छ। भिडिओमा एउटा सशस्त्र द्वन्द्वमा सहभागी लडाकुका एक जोडी देशमा काम गर्न नसकेर विदेश जान बाध्य परेको र विदेशमा बन्धक बनेको कथाले देखाएको छ ।

केहीले गीतले राम्रो कथा उठाएको भनेर प्रशंसा गरेका छन् भने केहीले एकतर्फी कथा भनेको भन्दै गायक सपुतको विरोध गरेका छन् । विशेषतः माओवादी नजिक रहेकाहरूले गीतको शब्द र भिडिओमा सम्पादन आवश्यक रहेको भन्दै विरोध गरेको जनाएका हुन् । तर यो गीतले राम्रो कथा तथा सामाजिक अवस्थाको उत्कृष्ट प्रस्तुति गरेको भन्दै प्रशंसा गर्नेहरू पनि छन् ।

भिडिओमा प्रकाश सपूतसँगै नायिका सुरक्षा पन्त देखिएकी छन् । आरन प्रोडक्सनले उत्पादन गरेको गीतमा प्रकाश सपूतको आवाज छ भने सम्झना भण्डारीले पनि स्वर भरेकी छन् । शब्द र संगीत प्रकाश सपूतको नै रहेको गीतको भिडिओको कथा तथा निर्देशन पनि उनैले गरेका हुन् ।

https://www.youtube.com/watch?v=Gep3jLq32OI

Leave a Reply

Your email address will not be published. Required fields are marked *