कांग्रेस केन्द्रीय समिति बैठक साउन २८ गतेसम्म चल्ने


नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक साउन २८ गतेसम्म चल्ने भएको छ। बुधवारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको बैठक साउनको २८ गतेसम्म सञ्चालन हुने भएको हो।

बिहीवारको बैठकपछि सञ्चरकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बैठकमा बुधवार प्रस्तुत भएका ११ वटा एजेण्डामाथि पार्टीका प्रदेश प्रमुख र केन्द्रीय समितिका सदस्यहरूले धारणा राख्ने क्रम शुरु भएको बताए।

उनले भने, ‘हिजो ११ वटा एजेण्डा छलफलका लागि केन्द्रीय समितिको बैठकमा प्रस्तुत भएको थियो। तिनै विषयमा आज प्रदेशका प्रदेश प्रमुखले बोले केन्द्रीय समितिका साथीहरुले पनि बोल्न थाल्नुभएको छ। भोलि र पर्सी पनि यो बैठकले निरन्तरता पाउँछ। २८ गतेसम्म बैठक टुंग्याउने गरी छलफल अघि बढेको छ। जुन संरचनाको जिम्मेवारीमा साथीहरू हुनुहुन्छ, त्यसको बारेमा बोल्नु स्वभाविक नै भयो।’

प्रवक्ता महतले प्रदेश प्रमुखहरुले संविधानले दिएको अधिकार प्रयोग गर्न नपाएकोबारे गुनासो गरेका पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *