मेयर पदबारे हमालले के भने, सुन्नेले के वुझे ?


नायक राजेश हमालले ५ बर्ष अगाडिको स्थानिय निर्वाचनमा आफ्नो क्षेत्रका एमाले उम्मेदवारलाई सहयोग गरे । यसपछि, राजेश हमालको राजनीति प्रतिको मोहबारे धेरै जानकार रहेका थिए । तर, राजनीतिमा खुलेरै नलागेका हमालले आफ्नो युट्युब च्यानलको शुभारम्भ गर्दै सार्वजनिक गरेको भिडियोमा मेयर पदमा उठ्न पर्छ कि के हो भन्दै नयाँ इच्छा व्यक्त गरे । हमालले यसो भनेपछि चर्चा त हुने भैहाल्यो ।

राजेश हमाललाई यसपछि निरन्तर मेयर पदमा उठ्न लाग्नु भएको हो भन्ने प्रश्न सोझिन थाल्यो । हमालले यसपछि आयोजित २ वटा पत्रकार सम्मेलनमा जवाफ घुमाएर दिए । तर, पनि हमाललाई मेयर पदमा उठ्न लागेको खबरले तरंगमा ल्याइदियो ।

राजेश हमालले व्यङ्ग्यात्म शैलीमा व्यक्त गरेको चाहना धेरैका लागि वास्तविक बनिदियो । नायक हमालले यसको जवाफ दिदै आफूलाई मेयर पदमा उठ्ने कुनै चाहना नभएको बताएका छन् । उनले, काठमाडौंको अवस्था हेरेपछि आफूले ब्यङ्गात्मक शैलीमा यसो भनेको जवाफ दिएका छन् ।

उनले, काठमाडौं निजी स्तरबाट परिवर्तन भएपनि महानगरपालिकाले गर्नुपर्ने कामबाट भने अझै पनि विमुख भएको तर्क गरे । राजेशले खुलेरै मेयर पदमा उठ्छु नभनेको अवस्थामा पनि कतिपयले उनको समर्थन गरे । कतिपयले भने राजेशको एमाले पार्टीमा कुनै योगदान नभएकाले उनलाई यो पदका लागि टिकट दिन नहुने तर्क समेत गर्न भ्याए ।

तर, बारम्बार राजनीतिमा आउने हल्ला चलाएर पनि हमालले यसतर्फ मन बनाएका छैनन् । चुनाव आउँदै गर्दा हमालको राजनीतिमा आगमनको चर्चा भने सधै नै बन्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *